site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगहरूलाई जनताले देख्ने गरी कारबाही गरियोस् : केसी
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको रकम हिनामिना गर्नेहरूलाई कारबाही नगरे लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सहकारीको रकम हिनामिना गर्ने व्यक्तिहरूलाई जोगाए गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नहुने बताएका हुन् ।

छानबिनका निम्ति बनाइएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको उनले उल्लेख गरे । दूधको दूध, पानीको पानी हुने गरी छानबिन गरिनुपर्नेमा उनले जोड दिए । उनले ठगहरूलाई जनताले देख्ने गरी कारबाही गरिनुपर्ने बताए ।

“जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाजमर्ने किसिमले रोस्ट्रमबाटै तँ पनि फलानोमा परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने, त्यहाँबाट उम्काउने र राज्यसत्तामा निर्णायक तहमा बसेका मान्छेहरूले जुन खालको गतिविधि देखियो, यसले के बुझिन्छ भने यो समितिले पनि पहिलेका समितिले झैँ सहकारीबाट ठगिएका जनतालाई माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले त्यही बुझिराखेका छन्,” उनले भने ।

उनले थपे, “म सरकारलाई भन्छु– सहकारी ठगहरूलाई जसरी जोगाउने काम भयो, अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानीसाथ नेपाली जनताले संसद्‌मा उठाएको आवाजलाई दबाउने हो भने यो गणतन्त्र, लोकतन्त्रको कुनै औचित्य नभएको कुरा नेपाली जनताले महसुस गरेका छन् । तथ्य दूधको दूध, पानीको पानी हुने गरी ठगहरूलाई जनताले देख्ने गरी कारबाही गरोस् ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro