site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ई–सिगरेटको प्रयोग : मुटुदेखि मस्तिष्क रोगसम्मको निम्तो
Tiktok banner adTiktok banner ad

काठमाडौं । विज्ञहरूले नेपालका लागि ई–सिगरेटको प्रयोगदर गम्भीर चुनौती बनरिहेको चेतावनी दिँदै आएका छन् ।

अघिल्लो आर्थिक वर्षमात्रै नेपालमा ३२ लाख ई–सिगरेट आयात भएको तथ्यांक छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो सर्वेक्षणले ई–सिगरेट प्रयोग गर्नेमध्ये ५८.३ प्रतिशत १५ देखि २४ वर्षका र ३३.३ प्रतिशत २५ देखि २९ उमेर समूहका युवा रहेको देखाएको छ ।

युवा पुस्तामा बढिरहेको ई–सिगरेटको प्रयोगदर नेपालका निम्ति डरलाग्दो चुनौती बनेको विश्व स्वास्थ्य संगठनका नसर्ने रोग मानसिक रोग विभाग प्रमुख डा. गेम्पो दोर्जी बताउँछन् ।

विशेषगरी ई–सिगरेटमा हुने निकोटिनसहितका विभिन्न स्वाद र यसमा प्रयोग हुने लिड, आर्सेनिकजस्ता कडा धातुहरूले मुटुलगायतका संवेदनशील अंगहरूमा असर पुउर्‍याउने उनी बताउँछन् । फेसनको रूपमा लिइएको ई–सिगरेट र हुक्काको असर सामान्य चुरोटभन्दा कैयौँ गुणा बढी हुने विशेषज्ञहरू बताउँछन् । 

कुन अंगमा कस्तो असर ?

मुटु : भेप अर्थात् बाफको रूपमा ई–सिगरेट तान्दा मुटुको धड्कन बढ्छ । धुवाँसहितको श्वास मुटुमा पुग्दा हृदयघातको उच्च जोखिम रहन्छ । ई–सिगरेट प्रयोगकर्तामा चुरोट नपिउने व्यक्तिभन्दा तीन गुणा बढी मुटुरोगको जोखिम रहन्छ ।

फोक्सो : ई–सिगरेटमा हुने निकोटिन र कडा धातुहरूले फोक्सोलाई कडा असर पुर्‍याउँछ । विस्तारै फोक्सोलाई असर गर्ने र क्यान्सर निम्त्याउने जोखिम हुन्छ । 

मस्तिष्क : ई–सिगरेटमा भएको निकोटिनले मस्तिष्कलाई केही समय आराम महसुस गराउँछ । यही आरामले मस्तिष्कलाई निष्क्रिय बनाउँदै विस्तारै लतको रूप लिन्छ । यसले २५ वर्षसम्मका युवाको मस्तिष्क वृद्धिमा गम्भीर अवरोध निम्त्याउँछ ।

व्यवहार : ई–सिगरेट लतको रूपमा बसेमा ध्यानकेन्द्रित गर्ने क्षमता विस्तारै घटेर जान्छ । यसले व्यक्तिलाई आफ्नो मुड र स्वभाव नियन्त्रण गर्न झनै कठिन बनाउँदै लैजान्छ ।

यस्तै, ई–सिगरेटरको प्रयोगले रोग प्रतिरोधी क्षमता क्रमशः ह्रास गर्दै लैजाने विशिव स्वास्थ्य संगठनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro