site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धन तलमाथि हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन तलमाथि नभइ एकढिक्का भएर जाने बताएको सांसद माधव सापकोटाले बाह्रखरीलाई जानकारी दिए । 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, “गठबन्धन तलमाथि हुँदैन । एकढिक्का भएर जान्छ । माधव कमरेडको कुनै समस्या हुँदैन । कुराकानी भइरहेको छ, बजेटको डिफेन्स गर्नुस् ।” 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्