site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उचाइको खुसी सुनाउन पाएनन् विनोदले
SkywellSkywell

पोखरा । त्यहाँभन्दा अग्लिने ठाउँ नै छैन । उनी जसरी चुचुरोमा पुगेर उभिए, त्यो चुचुरोभन्दा माथि उनको खुसी थियो । मनको अन्तरकुनामा रहेको सानो आशा साकार बनेको थियो । उनका पदचापले हिउँको उकालोमा जुत्ताका निशान छाडिरहेका थिए । तर, त्यहिँनेर शिखर चुमेको खुसी कहिल्यै नबिर्सिने गरी हृदयविदारक घटनामा परिणत हुन पुग्यो ।

विनोदबाबु बस्ताकोटीले सगरमाथा चढे । त्यही सगरमाथा, पृथ्वीको सबैभन्दा अग्लो ठाउँ । चुचुरोमा उभिँदा उनलाई लागेको थियो होला, सगरमाथाभन्दा अग्लो म नै बनेँ । गएको वैशाख ११ गते उनले चालेका कदमले जेठ पहिलो हप्ता सगरमाथा चुमेका थिए ।

यही खुसी सुनाउनको लागि उनका पाइला चुचुरोबाट विस्तारै आधार शिविर फर्किन थाले । जाँदाको त्यो उकालो बाटोले जसरी उनलाई पर्खियो, फर्किँदाको ओरालो बाटोले भने उनलाई साथ दिएन । बाटोले नै साथ नदिएपछि उनी गन्तव्यमा आउन पाएनन् । अनि अस्ताए, सगरमाथा हिमालको आठ हजार २०५ मिटरको उचाइमा । परिवारलाई नभनी सगरमाथा आरोहणमा गएका बस्ताकोटीलाई अब परिवारले भेट्न पाउने छैन । 

KFC Island Ad
NIC Asia

binodbabu-bastakoti-(3)-1717140511.jpg

हिउँको चिसोजस्तो उनको शरीर पनि उतै चिसियो, उनले फेर्ने तातो हावा हिमालमै हरायो । घर आउने, परिवार भेट्ने, साथीभाइ भेट्ने र आफूले भेटेको उचाइको सपना पूरा गरेको खुसी सुनाउने उनको चाहना हिमालमै बिलायो ।

हिमाल चढेर फर्किनेक्रममा जेठ ९ गते बस्ताकोटीको निधन भयो । त्यो दिनको ५ बजे चौथो शिविरमा उनी अचानक बिरामी परेका थिए । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, बालकुनीमा आइपुग्दा बिरामी (अल्टिच्यूड सिक्नेस) भएकोे पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय, सगरमाथा आधार शिविरले जनाएको छ ।

binodbabu-bastakoti-(6)-1717140577.jpg
सगरमाथा आधार शिविरबाट विभागको अस्थायी फिल्ड कार्यालयले दिएको पत्रमा भनिएको छ, “जेठ ९ गते बिहान सगरमाथा आरोहण गरी फर्किने क्रममा सोही दिन साँझ ५ बजेतिर सगरमाथाको चौथो शिविरको माथि बालकुनीको तल लगभग ८२५० मिटरमा आइपुग्दा उनको मृत्यु हुन पुगेको निजलाई शेर्पा गाइड उपलब्ध गराएको कम्पनीको क्याम्प पाइनयर एड्भान्चरबाट जानकारी प्राप्त भएको ।”

binodbabu-bastakoti-(5)-1717140687.jpg
 

उनी पर्यटन व्यवसायमा आबद्ध थिए । पोखरा महानगरपालिकाले उनको निधनलाई अपूरणीय क्षति भनेको छ । उनको शुक्रबार पोखरास्थित मरेखरे घाटमा अन्तिम संस्कार गरिएको छ । यसअघि अन्त्येष्टिमा महानगर प्रहरीले उनलाई विशेष सम्मान दिएको थियो ।

binodbabu-bastakoti-(4)-1717140626.jpg
अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव पोखरा सभागृह परिसरमा राखिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन्द्र थापा, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, नगरसभासदस्यहरु, कर्मचारी, पर्यटन व्यवसायीहरू लगायतले राष्ट्रिय झण्डा, पोखरा महानगरपालिकाको झण्डा र पुष्पसहित श्रद्धाञ्जली अर्पण गरे ।

binodbabu-bastakoti-(7)-1717140647.jpg
स्वर्गीय बस्ताकोटीलाई पोखरा महानगरपालिका वडा नं.२६ ले वडा रत्न घोषणा गरेको छ भने उनलाई साहसी युवा सम्मान पनि प्रदान गर्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro