site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यथार्थपरक र संयमित बजेट : चेम्बर अध्यक्ष

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आउँदो आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कृषि, पर्यटनलगायत क्षेत्रमा राम्रा कार्यक्रम ल्याइनु सकारात्मक पक्ष भएको उनले उल्लेख गरे । अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

उनले आन्तरिक राजस्वमा भने समस्या भएको बताए । भूतप्रभावी करको दायित्वको दबाब परिरहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । यस्ता नीतिले व्यवसायी आतंकित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन नसक्ने उनले टिप्पणी गरे ।

एकातर्फ स्रोत बढाउने लक्ष्य लिने तर आर्थिक शिथिलता ल्याउने बजेटका कारण तालमेल नमिल्ने उनले बताए । राज्यले मालवस्तुको मूल्यांकन गर्नेतर्फ जान नहुने उनको धारणा छ ।

आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलता अभावको जोखिम पनि बढ्ने  उनले बताए । अनुत्पादक क्षेत्रको बजेट कटौती गरेर उत्पादन क्षेत्रमा विनियोजन गर्ने अभ्यास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सामान्य अवस्थामा कम भए पनि अर्थतन्त्र चलायमान बनाएर त्यो पूरा गर्न चुनौतीपूर्ण हुने उनले बताए । आर्थिक वृद्धिको उक्त लक्ष्य प्राप्ति गर्न निजी क्षेत्रतर्फको कर्जा प्रवाह १५ प्रतिशतसम्मले बढ्नुपर्ने उनको भनाइ छ ।

“अहिले कर्जा प्रवाह ५ प्रतिशत हाराहारीमा वृद्धि भएको छ । यो अवस्थामा आर्थिक वृद्धि धेरै हुँदैन । तसर्थ, लक्षित आर्थिक वृद्धि हासिल गर्न कर्जाको वृद्धिदर १५ प्रतिशतसम्म हुनुपर्छ । त्यसको लागि ब्याजदर कम हुनुपर्छ,” उनले भने । कर्जा प्रवाह बढाउन वित्तीय पहुँच बढाउने गरी मौद्रिक नीति ल्याइनुपर्ने उनले बताए ।

पुँजीगत खर्च गर्नमा उच्च प्राथमिकता दिइनुपर्ने उनले उल्लेख गरे । आउँदो आवलाई सूचना प्रविधिको दशक, आलुप्याजको मूल्य अभिवृद्धि कर हटाउने निर्णय लिइनु सकारात्मक भएको उनले बताए । विद्युत् प्रसारणलाइन र वितरणमा निजी क्षेत्रको सहभागिता गराउने उद्देश्य पनि राम्रो भएको उनको भनाइ छ ।

तर, विद्यत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्ने नीति नल्याइनु दुःखद पक्ष भएको उनले बताए । आयकरको छुटको सीमा नबढाउनु पनि दुःखद पक्ष भएको उनले टिप्पणी गरे ।

विगतमा खेलकुद प्रयोजनमा गरिएको खर्च कर कार्यालयले मान्दै नमानेको अवस्थामा अहिले मान्ने नीति निकै राम्रो भएको उनले बताए । उनले निजी क्षेत्रप्रति अर्थमन्त्री एवम् सरकारले विश्वास गरेको भन्दै खुसी व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro