site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ बजेट सन्तुलित : अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नयाँ बजेट सन्तुलित रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउने घोषणा गरिनु निकै सकारात्मक भएको उनले उल्लेख गरे । अब छिट्टै आयोग गठन गरी यस्ता कार्य अघि बढाउनुपर्ने उनले बताए ।

“निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु निकै राम्रो पक्ष हो । कृषि, पर्यटन, सूचना प्रविधिलगायतलाई रूपान्तरणकारी परियोजनाको रूपमा लिएर कार्याक्रम ल्याइनु स्वागतयोग्य छ,” उनले भने ।

बजेटमा घोषित कार्यक्रम त्यसमै सीमित हुन नहुने उनले बताए । यसको सफल कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए । “बजेटमा समावेश कार्यक्रमहरू राम्रा छन् । तर, कार्यक्रमहरू बजेटमै मात्र सीमित नहोस् भन्ने चाहना राखेका छौँ,” उनले भने, “बजेट कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्न तयार छ ।”

अग्रवालले विद्यमान शिथिल अर्थतन्त्रलाई माथि उकास्न राहत तथा सहुलियत प्याकेज ल्याइने निजी क्षेत्रको अपेक्षा रहे पनि त्यस्तो नभएको बताए । ऋणको दायित्वका कारण पुँजीगत खर्च घटाउनुपर्ने अवस्था नआओस् भन्नेतर्फ सचेत हुनुपर्नेमा पनि उनले जोड दिए ।

बजेटलाई सार्थक बनाउन आउँदो मौद्रिक नीति खुकुलो हुनुपर्ने उनले बताए । लोडसेडिङका कारण उद्योगी मर्कामा परेको भन्दै उनले विद्युत्को समस्या समाधान गर्न अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro