site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियो : राजेन्द्र लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजनीतिक दलहरूका पछिल्लो गतिविधिले प्रतिनिधिसभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाइ थियो । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्ड आफैँले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । 

उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।  सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पंक्ति संगठन निर्माणमा जुटनुपर्ने अध्यक्ष लिङदेनले बताए । 

“दलहरूको बीचमा जुन प्रकारको प्रतिद्वन्द्वीता, प्रतिस्पर्धा र अविश्वसनीयताहरू बढ्दै गएका छन् । रातभरमा नै दलहरूले समीकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोलि उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समीकरण परिवर्तन गर्दै हिँड्ने । यस प्रकारको जुन गतिविधिहरू बढिराखेको छ । प्रतिनिधिसभाको नै मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखिराख्या छ,” उनले भने । 

अध्यक्ष लिङदेनले देश ठूला दलहरूले कमजोर बनाएकाले आफूहरूले त्यसको विकल्प खोज्नुपरेको जिकिर पनि गरे । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro