site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रदेशलाई विशिष्टिकृत आर्थिक हब बनाइने, कुन प्रदेशमा कुन हब ? 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०८१/८२ को बजेट मंगलबार सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा गरेको हो ।

“निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिनेछ,” अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गर्दै भने, “यसअन्तर्गत कोसीलाई उद्योग, मधेसलाई कृषि, वाग्मतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाइनेछ ।”

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्