बाह्रखरी फोटो
काठमाडौं । सरकारले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानित वार्षिक विवरण (बजेट) प्रस्तुत गरिरहेको छ ।
यसअघि उक्त बजेटलाई मन्त्रिपरिषद्बाट संसद्मा प्रस्तुत गर्ने निर्णय गरिएको थियो । सोही निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन ब्रिफकेस बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका थिए । निकै हँसिला देखिएका उनले मन्त्री, कर्मचारी र सुरक्षाकर्मीसँग सामूहिक तस्बिर पनि खिचाएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १५:१८
प्रतिक्रिया दिनुहोस्