site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पछिल्ला चार वर्षको बजेट : ८० प्रतिशतभन्दा बढी भएन खर्च

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आज बजेट प्रस्तुत गर्दै छ । आज दिउँसो १ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागिएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागिा १९ खर्बको बजेट ल्याउने चर्चा छ । प्रत्येक वर्ष ठूलो आकारको बजेट ल्याइन्छ । तर, पुँजीगत खर्चको अवस्था जहिले निराशाजनक रहन्छ । चालु आर्थिक वर्षसहित विगत चार वर्षको बजेटको आकार र खर्च हेर्दा पनि पुँजीगत खर्च न्यून देखिन्छ । कुल बजेटको ठूलो हिस्सा चालु खर्चमा नै सकिने गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ जेठ १४ गतेसम्म कुल बजेटको ६३.७२ प्रतिशत बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले चालु वर्षमा छुट्याएको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको करिब ६४ प्रतिशत खर्च भएको छ ।

जसमा चालुतर्फ सात खर्ब ८४ अर्ब ८८ करोड खर्च भएको छ । यो विनियोजन बजेटको ६८.८२ प्रतिशत हो ।

पुँजीगततर्फ विनियोजन गरिएको तीन खर्ब दुई अर्बमध्ये ४१.४१ प्रतिशत खर्च भएको छ ।

 

चार वर्षको बजेट र खर्च

चालु आर्थिका वर्ष २०८०/०८१ मा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ । जेठ १४ गतेसम्म ११ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । यो विनियोजन बजेटको ६३.७२ प्रतिशत हो ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९६ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, खर्च १४ खर्ब २१ अर्ब ३२ करोड रुपैयाँ भएको थियो । यो कुल बजेटको ७९.२३ प्रतिशत हो । चालुतर्फ नौ खर्ब ९१ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो । पुँजीगततर्फ दुई खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, १३ खर्ब १० अर्ब रुपैयाँ खर्च भएको थियो । यो कुल बजेटको ७९.५१ प्रतिशत हो । यो आर्थिक वर्षमा नौ खर्ब ५४ अर्ब ३१ करोड रुपैयाँ चालुतर्फ खर्च भएको थियो । पुँजीगततर्फ भने दुई खर्ब १६ अर्ब २१ करोड रुपैयाँ खर्च भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोज गरिएकोमा ११ खर्ब ९६ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको थियो । यो कुल बजेटको ८१.१५ प्रतिशत हो । जसमा चालुतर्फ आठ खर्ब ४६ अर्ब २१ करोड रुपैयाँ खर्च भयो । पुँजीगततर्फ दुई खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro