अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन साेमबारकाे तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भएको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी साेमबारकाे तुलनामा मंगलबार प्रतितोला ४० रुपैयाँ बढेर कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ ११:४०
प्रतिक्रिया दिनुहोस्