site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पोर्चुगलमा युगकवि सिद्धिचरणको सम्झनामा कार्यक्रम

काठमाडौं । पोर्चुगलको लिस्बोनमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रममा सिद्धिचरण जन्मजयन्ती विशेष काब्य सन्ध्याको आयोजनासँगै कृति लोकार्पण समेत गरिएको छ ।

कार्यक्रममा एपेक नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठ तथा कवि डा. रुपक श्रेष्ठले युगकवि सिद्धिचरण श्रेष्ठको काव्यकारिताबारे चर्चा गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही अवसरमा अनेसास पोर्चुगलका अध्यक्ष सवी श्रेष्ठद्वारा लिखित मुक्तककृति ‘अपरिभाषित आभा’को स्थानीय स्तरमा लोकार्पण पनि गरियो ।

कार्यक्रममा संगीतकार अर्जुन सुनामलगायतले युगकविको प्रसिद्ध काव्य रचना ‘मेरो प्यारो ओखलढुंगा’ गाएर सुनाएका थिए ।

यसैबीच नेपाली भाषा साहित्यको उत्थान एवम् श्रीवृद्धिमा केही योगदान पुगोस् भनेर अस्ट्रियाको राजधानी भिएनामा हालै विशेष काव्य गोष्ठी सम्पन्न गरिएको थियो ।

कार्यक्रममा अनेसास युकेका सल्लाहकार तथा पूर्व अध्यक्ष कवि डा. रूपक श्रेष्ठ र एपेक नेपालका अध्यक्ष साहित्यकार विश्वविमोहन श्रेष्ठले नेपाली भाषा साहित्यमाथि आफ्नो मन्तव्य राखेका थिए ।

सो अवसरमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, एनआरएन अष्ट्रियाका अध्यक्ष ध्रुव पौडेल, डा. श्याम उपाध्याय तथा दीपेन्द्र हिमालय कार्कीले कार्यक्रमबारे बोलेका थिए ।

उक्त अवसरमा विश्वविमोहन, डा. रुपकसहित सम्झना थापा बोहोरा, डायमण्ड राई, प्रभु श्रेष्ठ, निर्मल पौडेल, रमेश खड्का, प्रकाश पौडेल, सुभद्रा थापाले आफ्ना कविता वाचन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्