site stats
बाह्रखरी :: Baahrakhari
देश
सडक डिभिजन कार्यालयबाहिर महानगरले खन्यायो एक ट्रक धुलो
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले मीनभवनस्थित सडक डिभिजन कार्यालयबाहिर एक ट्रक धुलो खन्याएको छ । कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारका नाममा जनताले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भन्दै महानगरले सांकेतिक विरोधस्वरुप सडक डिभिजन कार्यालयबाहिर एक ट्रक धुलो खन्याएको हो ।

विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सरकारको गल्ती–कमजोरीले काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको उनको भनाइ छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्