साहित्य

सागर रावल
तिमीले काट्न सक्ने मलाई
नबोल्ने भएरै होला !
बैगुनी तिमी
चर्को घामलाई छेकेर
छहारी बनेको भुल्यौ ?
मेरा सारा सन्तति मास्न
आगो लगायौ !
तिम्रो सारा जगत्
मेरो श्वासमा अडिएको छ ।
म हरियाली हुँदा
सबैभन्दा धेरै खुसी हुने
तिमी न हौ ।
मलाई
काटिरा’छ्यौ,
जलाइरा’छ्यौ ।
तर,
ख्याल गर
तिम्रो मृत्यु जलाउने पनि मै हुँ ।
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१ ०८:२७
प्रतिक्रिया दिनुहोस्