site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
अर्जुन कुमारको ‘सानो संसार’ मा कलाकार, निर्देशक सबै नयाँ  
Siddhartha BankSiddhartha Bank

काठमाडौं । निर्माता अर्जुन कुमारको लगानीमा चलचित्र ‘सानो संसार’ निर्माण हुने भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिएकी छन् ।

चलचित्रमा सीतासँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटीलगायतको अभिनय रहनेछ । यी सवै कलाकारले नेपाली रजतपटमा डेब्यु गर्न लागेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा गरिनेछ ।

निर्माता अर्जुन कुमारले नयाँ कलाकारलाई लिएर काम गर्न लागेको बताए । १६ वर्ष अगाडि यही नाममा आलोक नेम्वाङले निर्माण गरेको सिनेमासँग कुनै पनि सम्बन्ध नरहेको उनले बताए ।

Global Ime bank

निर्देशक सिद्धार्थ पुडासैनीको कथा मन परेकाले आफूले चलचित्र निर्माण गरेको उनले बताए । सिद्धार्थले यही सिनेमाबाट लेखन तथा निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् ।

सिनेमाका आगामी दसैँको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement