site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेटबाट माग सम्बोधन गर्न आग्रह गर्दै सहकारी पीडितले भने– नभए नेपालमा चुनाव हुँदैन

काठमाडौं । आन्दोलनमा उत्रिएका सहकारीका पीडित बचतकर्ताहरूले आगामी वर्षको बजेटमा आफूहरूका माग सम्बोधन गर्न आग्रह गरेका छन् । गएको वर्ष ६३ दिनसम्म रिले अनशनम बसेका सहकारीका बचतकर्ताहरूले आफूहरूका माग आगामी बजेटले सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

आज माइतीघर मण्डलामा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभिययान (महासंघ)ले आयोजना गरेको प्रदर्शनका क्रममा उनीहरूले ठगीमा संलग्न सहकारी सञ्चालकलाई कडा कारबारही गरेर बचत फिर्ता गरिदिन माग पनि गरे ।

गत वर्ष सरकारले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरूले ती सम्झौता चाँडो कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

Argakhachi Cement Island Ad

Sahakati_pidit_SunilPradhan_12khariphoto-(12)-1716536071.jpg
 

“जबसम्म सहकारी पीडितको पैसा पाइँदैन, नेपालमा आगामी चुनाव हुँदैन,” उनीहरूले नारामार्फत भनेका छन्, “सरकारसँग भएको सम्झौता कार्यान्वयन गर, जनताले औषधि खाने पैसा नभएर मर्न लागे, न्याय दे ।”

शान्तिबाटिकामा पीडितहरूले रिले अनशनको कार्यक्रम आयोजना गर्ने महासंघका उपाध्यक्ष तथा प्रवक्ता पुरुषोत्तम कार्कीले बताए ।

उनका अनुसार अहिलेसम्म देशभरका ३५० सहकारीका पीडित महासंघमा जोडिएका छन् । उनले सरकारले पीडितको कुरा नसुने आन्दोलनले चर्काे रूप लिने पनि बताए ।

यस्ता छन् सहकारीका पीडित बचतकर्ताका नारा :

– फटाहा दलाल सहकारी सञ्चालक मुर्दावाद

– सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान जिन्दावाद

– सरकारसँग भएको सम्झौता कार्यान्वयन गर

– सम्पूर्ण सहकारी पीडित बचतकर्तालाई न्याय दे

– जनता औषधि खाने पैसा नभएर गर्न लागे, न्याय दे

– देशैभरका सहकारी बचतकर्ता पीडित एक हौँ

– जबसम्म पीडितको पैसा पाइँदैन, नेपालमा चुनाव हुँदैन

– सहकारी सञ्चालकका मतियार होसियार

– सरकार पीडितलाई न्याय दे

– हाम्रो बचत फिर्ता गर

– बजेट भाषणमा हाम्रो भाग सम्बोधन गर

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्