site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पाँच दिनमा तोलामा करिब पाँच हजारले घट्यो सुनको मूल्य

काठमाडौं । पछिल्लो पाँच दिनमा सुनको मूल्य तोलामा करिब पाँच हजार रुपैयाँले घटेको छ । यही जेठ ७ गते छापावाल सुन प्रतितोला हालसम्मकै उच्च मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता लगातार मूल्य घटेर कारोबार हुँदै आएको छ ।

पछिल्लो पाँच दिनमा छापावाल सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारको तुलनामा यस दिन छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, जेठ ८ गते छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेर एक लाख ४० हजार ६०० मा कारोबार भएको थियो । जेठ ९ गते तोलामा १०० रुपैयाँले घटेर एक लाख ४० हजार ५०० मा कारोबार भएको थियो ।

Global Ime bank

शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार ८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu