site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी राष्ट्रपतिको गलत सन्देश पठाउनेमाथि दुई दर्जनभन्दा बढी अभियोग
Tiktok banner adTiktok banner ad

कोनकोर्ड । अमेरिकाको न्यु ह्याम्पसायर राज्यमा राष्ट्रपतीय निर्वाचनको प्राइमरीमा राष्ट्रपति जो बाइडेनको आवाज नक्कल गर्दै मतदातालाई एआई जेनेरेटेड रोबोकल सन्देश पठाउने एक राजनीतिक सल्लाहकारमाथि दुई दर्जनभन्दा बढी फौजदारी अभियोगसहित ६० लाख डलरको जरिवाना प्रस्ताव गरिएको छ ।

उक्त सन्देशमा प्राइमरीको मतदानमा सहभागी नहुन र आउँदो नोभेम्बरसम्म मतदान नगर्न आग्रह गर्दै झुक्याउने प्रयास गरिएको थियो । सन्देशमा राष्ट्रपतिले प्रयोग गर्ने वाक्यांश ‘ह्वाट अ बन्च अफ मालार्की’को प्रयोग गरी झुक्याउने प्रयास गरिएको थियो ।

अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी)ले बिहीबार स्टेभन क्रमरका हकमा एआई प्रविधिसम्बन्धी पहिलोपटक उक्त जरिवाना प्रस्ताव गरेको हो । यस्तै, उक्त कम्पनीले कल ट्रान्समिटिङमा काम गरेबापत लिंगो टेलिकमलाई २० लाख डलर जरिवाना तोकेको छ । यद्यपि, दुवै पक्षले थप सहमति गर्न सक्ने एफसीसीले जनाएको छ ।

क्रमरले गएको जनवरी २३ मा भएको पहिलो प्राइमरीभन्दा दुई दिनअघि राष्ट्रपतिको आवाजमा मतदातालाई सन्देश पठाएर मतदानमा सहभागी नहुन भनेका  थिए । न्यु ह्याम्पसायरको कानुनको उल्लंघन गर्दै मतदानसम्बन्धी गलत सूचना फैलाइएको आरोपमा उनीमाथि १३ अपराधको अभियोग समेत लगाइएको छ ।

यस्तै, उमेदवारका रूपमा आफैँलाई उभ्याएर दुष्कर्म गरेबापतको १३ वछुट्टै अभियोग पनि उनीमाथि लगाइएको छ । त्यससम्बन्धी अभियोग चार काउन्टीमा दर्ता गरिएको र राज्यको महान्यायाधिवक्ताको कार्यालयले त्यसलाई अघि बढाउने जनाइएको छ । एपीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro