site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भयौँ : रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई पनि नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी छन् ।

बिहीबार राष्ट्रिय समाचार समिति (रासस)ले काठमाडौंमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन समारोहमा मन्त्री शर्माले निकै मेहनत गरेर प्राप्त गरेको गणतन्त्रलाई सुदृढ बनाउँदै सुशासन कायम गर्न सफल भएको दाबी गरिन् ।

Dabur Nepal
NIC Asia

अहिले संविधान र कानुनभन्दा माथि कोही नहुने भन्ने पुष्टि हुँदै गएको उनको भनाइ छ ।

मन्त्री शर्माले मुलुक विकासको बाटोमा तीव्ररूपमा अघि बढेको र जलविद्युत्‌को क्षेत्रमा बिक्री गर्ने अवस्थासम्म आइपुग्नु सामान्य कुरा नभएको बताइन् ।

उनले तीनै तहको सरकारको पहलका कारण देशभर सडक संरचनाको निर्माण विस्तार भएको पनि बताइन् । यद्यपि, मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण सोचेजस्तो विकास कार्यलाई अघि बढाउन नसकिएको उनले बताइन् ।

राससले गणतन्त्र दिवसका सन्दर्भ पारेर ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनीको आयोजना गरेको हो । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९० तस्बिर प्रदर्शनीमा राखिएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro