site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको बैठक जारी 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठनलगायतका विषयमा छलफल भइरहेको नेता रामहरी खतिवडाले जानकारी दिए । 

उनका अनुसार, बैठकमा सहकारीको बचत फिर्ता गराउने, छानबिन समिति गठन, गृहमन्त्री रवि लामिछानेले सदनमा गरेको सम्बोधनमा प्रयोग गरिएको अशिष्ट र अपमानजनक शब्द प्रयोगलगायतका विषयमा छलफल भइरहेको छ । 

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro