site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिपक्षको ‘वेल घेराउ’मा चलाए सभामुखले संसद् 

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षको वेल घेराउमा संसद्को प्रक्रिया अघि बढाएका छन् । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नतालाई लिएर प्रमुख प्रतिपक्षी दलले राखेको संसदीय छानबिन समिति गठन नभएपछि नेपाली कांग्रेसले संसद्को बैठक अवरोध गरेको थियो । 

आजको बैठक सुरु हुनासाथ कांग्रेसले वेल घेराउसहित नाराबाजी गरिरहेको छ । सभामुख घिमिरेले नाराबाजीमै राष्ट्रपति कार्यालयको पत्र पढ्दै कार्यसूचीमा प्रवेश गरेका हुन् ।

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अवरोधले संसद् बन्धक बन्न नसक्ने भन्दै अब संसद्को बैठक सञ्चालन हुने बताएका थिए । सभामुख घिमिरेले आज अवरोधमै बैठक सञ्चालन गर्नुलाई नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले राजनीतिक दलको आवद्धतालाई कायम राखेको पुष्टि गरेको आरोप लगाए ।

आजको बैठकमा प्रसितपक्षी सबै दल वेलमा आएर नाराबाजी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले सभामुखलाई जबरजस्ती नगर्न चेतावनी दिँदै संसदीय मर्यादा कायम राख्न सभामुखलाई ध्यानाकर्षण गराए पनि सभामुख थर्काउने रणनीतिमा देखिएका छन् । उनले नाराबाजीको स्वर सानो भएको मौका पारेर बैठक सञ्चालन गरिरहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro