राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल सुरू गरेका छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार सभामुखको कार्यकक्षमा छलफल सुरू भएको हो ।
सहकारी बचत अपचलनमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा प्रमुख प्रतिपक्ष लगायत अन्य प्रतिपक्ष दल पनि छन् । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्रीको यसमा संलग्नता रहेको आरोप उनीहरूको छ । सोही कारण सदन चल्न सकेको छैन ।
यसैबीच, मंगलबार संघीय संसद्को संयुक्त बैठकबाट सरकारको नीति कार्यक्रम प्रस्तुत हुँदै छ । संसदीय समितिको माग गरिरहेको कांग्रेसले नीति कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरिसकेको छ । यिनै विषयको पृष्ठभूमिमा रहेर सभामुखले बैठक बोलाएको बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १२:५७
प्रतिक्रिया दिनुहोस्