site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संखुवासभामा पेस्तोलसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नूनढाकीबाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैनपुर–१, नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिए । एकथान कटुवा पेस्तोलसहित चोङवाङलाई आइतबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए ।

बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro