site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१९ खर्ब विदेशी मुद्रा सञ्चिति, १५ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म १९ खर्ब ११ अर्ब ८६ करोड विदेशी मुद्रा सञ्चिति रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सरकारसँग १५ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको हो ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वित्तीय विवरणअनुसार पछिल्लो ९ महिनाको अवधिमा २४.२ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ९ महिनाको अवधिमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । यसले १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्