site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपाधि विजेता बास्केटबल टोली सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

चीनको युनानमा वैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी चार खेलाडी र एक प्रशिक्षकसहित पाँचजना सम्मानित भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशील गुरुङ छन् । खेलाडी र प्रशिक्षकलाई जनही ३० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको हो । उनीहरूलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको थियो । नेपालले फाइनलमा युनान प्रदेशको ब्याड पाँच टोलीलाई २०–१९ ले पराजित गर्दै इतिहास रचेको थियो । नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाका अनुसार नेपाली बास्केटबलको इतिहासमै कुनै पनि टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो अवसर हो ।

Global Ime bank

प्रतियोगितामा नेपालसहित सात राष्ट्र तथा चीनका ३२ गरी ३९ टोली सहभागी थिए । नेपालसहित चीनका चार गरी पाँच टिम समूह ‘एफ’ मा थिए । समूह चरणको सबै खेल जितेको नेपाल विजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको थियो । नेपालले प्रिक्वाटरफाइनलमा भियतनाम, क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन होङही र सेमिफाइनलमा थाइल्यान्डलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा नेपालका मनिष ‘मोस्ट भेलुएबल प्लेयर’ तथा सुशील उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय