site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बायर्नविरुद्ध पुनरागमन जित निकाल्दै रियाल च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखविरुद्ध दोस्रो लेगमा २–१ को पुनरागमन जित निकाल्दै रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियाललाई जित दिलाउन दुवै गोल जोसेलुले गरे । बायर्नका अल्फान्सो डेविसले गोल गरेका थिए ।

Dabur Nepal
NIC Asia

खेलको ६८औँ मिनेटमा डेबिसको गोलमा बायर्नले अग्रता बनाएको थियो । तर, खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा जोसेलुले गोल गर्दै रियाललाई खेलमा फर्काएका थिए । यस्तै, इन्जुरी समयमा जोसेलुले नै निर्णायक गोल गरेपछि रियालले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।

रियालले समग्रमा ४–३ को जितसहित फाइनल यात्रा तय गरेको हो । यसअघि यी दुई टिमबीचको पहिलो खेल २–२ को बराबरीमा समाप्त भएको थियो ।

रियालले अब उपाधिका निम्ति जर्मनीकै अर्को क्लब बोरुसिया डर्टमन्डविरुद्ध खेल्नेछ । डर्टमन्डले मंगलबार पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध समग्रमा २–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । यी दुई टिमबीचको फाइनल खेल जुन २ मा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro