site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

पार्टीले भोलि (बिहीबार) दिउँसो २ बजेका लागि दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ । 

संसद्को बजेट अधिवेशन सुरु हुने अघिल्लो दिन दलको बैठक बोलाइएको हो । बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्