site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितपुर डढेलो : अर्का एक घाइतेको पनि मृत्यु
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

ललितपुर । गोदावरी नगरपालिका–४, बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

आगो निभाउन गएका शंकर र रमेश पहरी गम्भीर घाइते भएका थिए । शंकरको मंगलबार तथा रमेशको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

गोदावरी नगरपालिका–६, टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिका- ५, महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४, बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९, छेडा सामुदायिक वन, वडा नं ३, जयभद्र सामुदायिक वन, वडा नं १०, चारघरे सामुदायिक वन, वडा नं. ९, ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं २, ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका–५, कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३, लुभु पातले सामुदायिक वनमा आगलागी भएको  प्रहरी उपरीक्षक सुवेदीले बताए । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली  परिचालन भएको उनले बताए ।

यसैबीच, लेले जंगलमा  लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका ९३ जना बिरामीलाई बज्रबाराही अस्पताल स्थानान्तरण गरेका गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी दिए ।  डढेलोमा फसेका १५ जनाको मंगलबार उद्धार गरिएको थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement