site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पशुपतिको जलहरी प्रकरणमा मुछिएका तीनै जनाले पाए सफाइ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापासहित तीन जनाले सफाइ पाएका छन् । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापासहित प्रदीप ढकाल र अरूणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता गरेको दाबीसहित उनीहरू तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको अख्तियारले झन्डै डेढ किलो बराबरको सुन हिनामिना भएको दाबी गरेको थियो ।

Global Ime bank

२०७७ फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी राखेको घोषणा गरेकी थिइन् । 

कोषले १०३ किलो ७७३ ग्राम सुन किनिएको बताएको थियो । त्यसमा दुई किलो ८९० ग्राम तामा, एक किलो २४९ ग्राम पित्तल, १२ ग्राम जिंकसमेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम भएको विकास कोषले बताएको थियो ।

तर, जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम सुन खपत भएको उल्लेख छ । सो विषयमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो । सोही प्रकरणपछि कोषकै केही पदाधिकारीले अख्तियारमा उजुरी दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय