site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नौ महिनामा साइबर अपराधसम्बन्धी १५ हजार बढी निवेदन, सबैभन्दा बढी फेसबुक दुरूपयोगका
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा देशभर साइबर अपराधसम्बन्धी १५ हजार ६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा ती निवेदन प्रहरीमा दर्ता भएका हुन् ।

उक्त अवधिमा साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ७३ जना साइबर ब्युरोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । “साइबर अपराधसम्बन्धी निवेदन दर्ताको चाप बढ्दो छ । यस अवस्थामा अभियुक्तलाई कानुनी दायरामा ल्याउन अनुसन्धानलाई प्रभावकारी बनाउने, अनुसन्धान छिटो टुंग्याएर मुद्दा दर्ता गर्ने हाम्रो अविरल प्रयास छ,” साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने ।

कानुनद्वारा निर्दिष्ट राष्ट्रिय तथा वर्हिक्षेत्रीय अधिकार भएका साइबर कसुरको अनुसन्धानलगायतका काम साइबर ब्युरोले गर्दै आएको छ । अन्जानमा हुने र लापरबाहीको कारण हुन जानेयस्ता अपराधबारे जनचेतना जगाउने कार्य पनि प्रहरीले गर्दै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्न साइबर ब्युरोको स्थापना गरिएको हो,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाले भने । आधुनिक प्रविधिले दैनिक जीवनमा सहजता ल्याए पनि यसको दुरूपयोगले चुनौती थपेको भनाइ प्रहरीको छ । यस्ता चुनौतीको सामना गर्न र प्रविधिको प्रयोग गरी हुने अपराध अनुसन्धान तथा रोकथामको लागि प्रहरी सक्रिय रहेको उनले बताए ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक÷म्यासेन्जरको दुरूपयोगका १२ हजार २९६, भाइबरका १८, इमोका नौ र युट्युबका ५१ रहेका छन् । यस्तै, ह्याट्सएपका ७२४, ट्वीटरका १०, इन्स्ट्राग्रामका ६८६, वेबसाइट ह्याकिङका १०, टिकटकका ६७८, इमेलका ९३, इसेवाका २६६ र वित्तीय संस्थातर्फ १६५ उजुरी प्रहरीकोमा परेको छ । 

Global Ime bank

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नौ हजार १३ र आर्थिक वर्ष २०७८/०७९ मा चार हजार ६८६ वटा साइबर अपराधसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका थिए ।  प्राप्त निवेदनमध्ये चालु आर्थिक वर्ष २०८०/८१ मा ७४, २०७९/८० मा १२७ र २०७८/७९ मा १३२ मुद्दा दर्ता भएका थिए । 

प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँशैली र प्रवृतिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको प्रहरीले जनाएको छ । यस्ता चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई घट्न सक्ने अपराधको रोकथाम तथा अनुसन्धान गर्ने उद्देश्यले साइबर ब्युरो स्थापना गरिएको थियो ।

प्रहरीका अनुसार पछिल्लो समय विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने क्रम बढ्दो छ । अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्नेको संख्या पनि बढ्दो छ । 

अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने घटना पनि देखापरेको प्रहरीले जनाएको छ ।

सरकारी तथा अन्य संघ संस्थाहरूको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्नेजस्ता प्रवृति पनि देखिएको छ । “यस्ता प्रवृतिलाई निरूत्साहित गर्न नेपाल प्रहरी सक्रिय छ । साइबर अपराधको रोकथाम र सफल अनुसन्धान गर्ने सम्पूर्ण संयन्त्रहरूलाई परिमार्जन गर्न र सुदृढ बनाउन नेपाल प्रहरी कटिबद्ध छ,” प्रहरी नायव महानिरीक्षक ढकालले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement