site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्