site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुहाङ नेम्वाङले फेरि बढाए अग्रता
Tiktok banner adTiktok banner ad

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा अग्रस्थानमा रहेका नेकपा (एमाले)का सुहाङ नेम्वाङले फेरि अग्रता बढाएका छन् । उनी १९ हजार ११४ मतसहित अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्का ६ हजार ४३९ मतले पछाडि छन् । यसअघि उनी पाँच हजार ८५७ मतले पछाडि थिए । खड्काले १२ हजार ६७५ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले ३ हजार २४२ मत पाएका छन् ।

गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro