site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इराकमा समलिंगी विवाह गरे १० देखि १५ वर्ष जेल

बग्दाद । इराकको संसदले समलिंगी विवाहलाई अपराधको संज्ञा दिँदै विधेयक पास गरेको छ । नयाँ कानुनमा समलिंगी विवाह गरेमा  १० देखि १५ वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ । 

सो कानुनका समर्थकले नयाँ कानुनले देशको धार्मिक मूल्य मान्यतालाई बढाएको प्रतिक्रिया दिएका छन् । अधिकारकर्मीले भने यौन अल्पसंख्यकको  अधिकार हनन्मा इराकले अर्को ब्ल्याक मार्क रेकर्ड गराएको जनाएका छन् । 

सन् १९८० को दशकमा रहेको बेश्यावृत्तिविरुद्धको कानुनको संशोधनका लागि बनाइएको मस्यौदा विधेयकमा समलिंगी सम्बन्धमा मृत्युदण्ड दिनुपर्ने प्रस्ताव नै गरिएको थियो । यद्यपि, त्यसलाई अमेरिका र अन्य पश्चिमा मुलुकले विरोध गरेपछि हटाइएको थियो । बीबीसी
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro