site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जब बालिका ठानिएकी यात्रु वृद्धा फेला परिन्...

सिकागो । अमेरिकामा टिकट बुकिङ सिस्टममा गल्ती हुँदा १०१ वर्षीया बृद्धालाई बालिका सम्झिँदा समस्या झेल्नुपरेको छ । त्यो समस्या कसरी आयो भने अमेरिकी एयरलायन्स सिस्टमले उनको जन्म मिति सही ढंगले लिन सकेको थिएन । उनी सन् १९२२ मा जन्मेकी हुन् । तर, एयरलायन्सको सिस्टमले सन् २०२२ देखायो । 

प्याट्रिसिया नामकी ती बृद्धाले भनिन्,‘ ज्यादै रमाइलो भइरहेको छ । उनीहरूले मलाई सानो बच्चा ठान्दा रहेछन्, म एक वृद्धा महिला हुँ ।’ उनको टिकट रजिस्ट्ररमा सन् २०२२ देखिने हुँदा एयरलायन्सका कर्मचारीले उनी दुई वर्षीया बालिका भएको ठानेका थिए । गत वर्ष पनि उनलाई यस्तै भएको थियो । सानी बच्ची ठानिएकी यात्रु वृद्धा फेलापरेकी थिइन् ।

प्याट्रिसिया पछिल्लो पटक सिकागोबाट मिचिगनको मर्केटमा उडान गर्ने क्रममा यस्तै घटना भएको थियो । जहाँ बीबीसीका रिपोर्टर पनि थिए । प्याट्रिसिया उनकी छोरी क्रिससँग उडान गरिरहेकी थिइन् ।

“मेरी छोरीले टिकटको रिजर्भेसन अनलाइनबाट गरेकी थिइन् । एयरपोर्टको कम्प्युटरले मेरो जन्म १९२२ मा हुनुपर्नेमा २०२२ मा भएको दर्ता गरे छ,” प्याट्रिसियाले भनिन् । प्याट्रिसियाको सिट भने एडल्ट सिटको रूपमा दर्ता थियो । एयरपोर्टका कम्प्युटरले त्यति अघिको जन्ममितिलाई समेट्न नसक्ने भएकोले यस्तो समस्या आएको बताइएको छ । 

पूर्वनर्स रहेकी प्याट्रिसिया हरेक वर्ष जाडो छल्न र परिवार भेट्न लागि विमानबाट विभिन्न स्थानमा जाने गरेकी छन् । उमेरको अन्यौलका बाबजुद अमेरिकी एयरलायन्सका स्टाफले उडानमा आफूलाई मद्दत गर्ने गरेको उनी बताउँछिन् । 

अमेरिकी एयरलाइन्सले यसबारेमा टिप्पणी गर्न आग्रह गर्दा कुनै प्रतिक्रिया जनाएन । यस्तो समस्याले गर्दा विमानस्थलका कर्मचारी उनलाई टर्मिनलसम्मको यातायातका लागि तयार रहने गरेका छैनन् । किनकि, उनीहरूले वृद्धालाई दुई वर्षकी बालिका ठान्ने गरेका छन् । त्यस्तै वृद्धालाई लैजान प्रयोग गरिने ह्विल चेयरको पनि पहिल्यै तयारी गरिएको हुँदैन । प्याट्रिसिया ९७ वर्षको हुन्जेल एक्लै विमानमा यात्रा गर्ने गरेकोमा त्यसपछि भने परिवारको सहयोगमा यात्रा गर्दै आएकी छन्  । 

आउँदो शरद ऋतुमा उनी फेरि विमानबाट यात्रा गर्ने योजनामा छन् । त्यतिबेला आफू १०२ वर्षको हुने भएकोले सायद विमानस्थलको कम्प्युटरले त्यस्तो गल्ती नगर्ने उनको आशा छ । बीबीसी
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro