site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राजनीतिक सहमतिमै अध्यादेश, कसैको विरोध छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानीअनुकूल वातावरण बनाउन राजनीतिक सहमतिमा आधारमा अध्यादेश ल्याइएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले अध्यादेशप्रति कसैको विमति नरहेको उल्लेख गरे ।

लगानी प्रतिकूल ठानिएका कानुनका विभिन्न प्रावधान संशोधनका निम्ति सोमबार मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश ल्याउने निर्णय गरिएको थियो । लगानी सम्मेलन सरकार वा सत्तापक्षमा रहेका राजनीतिक दलको मात्र नभई नेपालको भएको मन्त्री पुनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

“नेपालमा वैदेशिक लगानी ल्याउनुपर्छ र मुलुकको विकास गर्नुपर्छ भन्नेमा सत्तामा र सत्ताबाहिर रहेका कसैको पनि असहमति वा विरोध छैन,” उनले भने, “लगानी सम्मेलन सरकारको वा सत्तापक्षमा भएका दलहरूको मात्र होइन, प्रतिपक्षको पनि हो र यो नेपालको हो । सम्मेलनको उद्घाटनदेखि समापनसम्म सबै राजनीतिक दलको अनुहार देखिने गरी कार्यक्रम बनाएका छौँ ।”

पहिलो र दोस्रो लगानी सम्मेलनमा आएका लगानीकर्ता तेस्रो सम्मेलनका निम्ति पनि उत्साहित रहेको आफूले पाएको उनले सुनाए । ठूलो संख्यामा वैदेशिक लगानी भित्रने उनले विश्वास व्यक्त गरे ।

“पुँजीको प्रवृत्ति भनेकै बजार र नाफा हो,” उनले भने, “सरकारमा समाजवादी वा पुँजीवादी अनुहारको व्यक्ति छ भन्ने कुरामा लगानी निर्भर गर्दैन । वाद र विचारधाराभन्दा अहिले मानिसले बजार र नाफा हेरेर लगानी गर्ने अवस्था छ ।”

सरकारले आन्तरिक लगानीकर्ता र उद्यमीलाई समेत प्रेरित गर्ने र उनीहरूको मनोबल बढाउने काम गरिरहेको मन्त्री पुनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro