site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोस्टन चेजको कप्तानीमा वेस्ट इन्डिज ‘ए’ नेपाल आउने
Tiktok banner adTiktok banner ad

काठमाडौं । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन चेजको कप्तानीमा नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा गरेको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच ट्वान्टी–२० खेलको शृंखलाका निम्ति सोमबार राति चेजको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । वेस्ट इन्डिज ‘ए’को उपकप्तानमा चार टेस्ट र १० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका २५ वर्षीय एलिक एथानाजे छन् ।

पहिलोपटक नेपाल आउन लागेको वेस्ट इन्डिज ‘ए’ र घरेलु टिमबीचको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । यी दुई टिमबीचको पहिलो खेल आउँदो शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल अर्को शनिबार हुनेछ ।

यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि दुवै टिमले तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् । शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले टोलीको घोषणा गर्न बाँकी नै छ ।

वेस्ट इन्डिजको टिम
रोस्टन चेज (कप्तान), एलिक एथानाजे (उपकप्तान), जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, मार्क दयाल, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro