site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लुम्बिनी सम्मेलनको शान्ति सन्देश उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । गत चैत ९ र १० मा ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजना भएको सम्मेलनले पारित गरेको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्साललगायत नेपालका कार्यरत सबै अवैतनिक वाणिज्यदूतहरूले हस्तातरण गरेका हुन् । 

लुम्बिनी शान्ति सन्देशको क्यानभासलाई  अवैतनिक वाणिज्यदूतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एचसीसीएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयका समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आह्वान गरेको छ । मानवीय शान्ति, विकास तथा सामूहिकताको लागि शान्ति अपरिहार्य रहेको सम्मेलनको ठहर छ ।

हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हित प्रवर्द्धन गर्ने खालका कार्यक्रमको आयोजना गर्न एचसीसीएनलाई आग्रह गरे । उनले सम्मेललनले विश्व शान्ति, नेपालमा लगानी प्रवर्द्धन तथा पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

Global Ime bank

सम्मेलनमा ग्रीस, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका साथै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियालगायत १९ मुलुकका गैरआवासीय राजदूत सहभागी थिए । सम्मेलनमा सहभागी कैयन देशका कूटनीतिक प्रतिनिधिले नेपाल पहिलो पटक भ्रमण गरेका थिए ।

यसैगरी, उक्त सम्मेलनमा नेपालमा कार्यरत ४५ देशका अवैतनिक वाणिज्यदूतहरू, परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, नेपाल पर्यटनको उच्च अधिकारी लगायतको उपस्थिति थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !