देश
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालन गरिएको छ ।
भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका शनिबारदेखि पुनः सञ्चालनमा ल्याइएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
यही वैशाख ७ गते उत्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका निम्ति झुलाघाट नाका बन्द गरिएको हो । रासस
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१ २०:३७
प्रतिक्रिया दिनुहोस्