site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाबुरामलाई गंगानारायणको प्रश्न– माओवादी केन्द्र कसरी दुस्मन भयो ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र) कसरी दुस्मन शक्ति भयो भनी अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रश्न गरेका छन् । शनिबार ललितपुरमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले गत निर्वाचनअगाडि नै माओवादी केन्द्रसँग चुनावपछि एकता गरेर जाने सहमति गरेको सुनाए । तर, अध्यक्ष भट्टराई एकता गर्ने पक्षमा नउभिएको भन्दै उनले यसले आफूहरूलाई आश्चर्य बनाएको बताए ।

Dabur Nepal
NIC Asia

उनले माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्ताबेजका आधारमा नेसपाको नजिकको राजनीतिक शक्ति माओवादी केन्द्र नै भएको उल्लेख गरे । उनले विगतमा डा. भट्टराईका निम्ति माओवादी केन्द्रको सो दस्तावेज क्रान्तिकारी भएको बताए । आज सोही दस्ताबेज अवलम्बन गरिरहेको माओवादी केन्द्र कसरी दुस्मन शक्ति भयो भनी उनले प्रश्न गरे ।

उनले डा. भट्टराईले राजनीतिक इमानदारिता नदेखाएको पनि बताए । “...मन पर्दाखेरि सबै कुराहरू सुगन्ध आउने, मन नपर्न थालेपछि सबै कुराहरू दुर्गन्ध आउने हुन्छ ? त्यो राजनीतिक इमानदारिता हो ? राजनीतिक इमानदारिता होइन,” उनले भने ।

डा. भट्टराईले नै अग्रगामी शक्तिका बीचमा एकताको विषय उठाएको भन्दै उनले माओवादी केन्द्रसँगको एकताबाट भाग्न नपाउने बताए । आफूहरूलाई आरोपित गरेर डा. भट्टराई ‘पानीमाथिको ओभानो’ बन्न नसक्ने उनको भनाइ थियो ।

माओवादी केन्द्रसँगको पार्टी एकता ऐतिहासिक आवश्यकता भएको उनले बताए । उनले पार्टी एकताको विकल्प नभएको जिकिर गरे ।

सहअध्यक्ष श्रेष्ठले डा. भट्टराई विचलनमा परेको भन्दै त्यसले कुनै निष्कर्षमा पुर्‍याउन नसक्ने बताए । उनले भट्टराईलाई आफ्नो पक्षमा बहुमत पार्टी सदस्य जुटाएर देखाउन चुनौती समेत दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro