site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चयनिका
Sarbottam CementSarbottam Cement

साला पहाड मे क्या है 
(कवितासंग्रह: मीनबहादुर विष्ट) 
कवि मीनबहादुर विष्ट ३० को दसकका कवि हुन् । उनको काव्यिक सक्रियता ४० वर्षअघि देखिकै हो । २०३६ सालमा जन्मिएको सडक कविता क्रान्तिमा कवि विष्टको पनि सक्रिय सहभागिता रह्यो । उनै कविको पछिल्लो कविताकृति हो ‘साला पहाडमे क्या है’ ।
ज्वाला बन्दै जब चुलिनेछ उचाइमा 
अब लाग्ने आगो
परिणत गर्नेछ त्यसले
कालरात्रि जस्तो अन्धकारलाई
उज्यालोमा
। (पृष्ठ — १३०)
दिवंगत छोरीलाई समर्पण गरिएको यस कविताकृतिमा कवि मीनबहादुरले छोरीको स्मृतिमा लामो कविता नै लेखेका छन् । उनी लेख्छन्: 
तिमीबिना यस्तो लाग्छ, मानौँ, म बन्द कोठाभित्र छु
ढोका बन्द छ, झ्याल बन्द छन्
र म पर्खाल चिथोरिरहेको छु
बाहिर निस्किएर आकाशतिर हेर्न
जहाँ छ्यौ तिमी मलाई पर्खिबसेको...

कृतिको ब्लर्बमा केदारभक्त माथेमाले लेखेका छन्: ‘कवि मीनबहादुर विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरङ्ग ल्याउँछ, तिनै उर्लिएका भावहरूले उनलाई कविता कोर्न बाध्य बनाउँछन् ।’ 

कवि विष्टको यस कविताकृतिभित्र विभिन्न विचार, भाव र आयामका ६३ वटा कविताहरू समावेस छन् ।

किताब पब्लिसर्स प्रा.लि.द्वारा प्रकाशित १५६ पृष्ठको यस पुस्तकको मूल्य ४००/– रुपैयाँ राखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

०००

विजय चालिसेका छानिएका कथा 
(कथासंग्रह: सं. पुरुषोत्तम सुवेदी)
लामो समय पत्रकारिताका क्षेत्रमा बिताएका विजय चालिसे कुशल आख्यानकार पनि हुन् । उनैद्वारा लेखिएका कथाहरूको सँगालो हो ‘विजय चालिसेका छानिएका कथा’ । जसलाई सम्पादन गरेका छन् अर्का साहित्यकार तथा कवि पुरुषोत्तम सुवेदीले । 

Global Ime bank

सम्पादकीयमा सुवेदीले लेखेका छन्: ‘विजयका अधिकांश कथाको रचनागर्भ उनले यथार्थमा भोगेको देखेको सत्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ । राष्ट्रिय विकास सेवा (राविसे)मा सँलग्न रहँदा त्यतिखेरको डोटीजस्तो दुर्गम जिल्लामा उनले देखेभोगेका यथार्थ होस् वा काठमाडौंमा रहँदा पनि उनले साक्षात्कार गरेका अनेक परिघटनामै टेकेकार कथाको कथ्य हस्तक्षेप र कलात्मक संरचनाको निर्माण गरेका छन् ।...’

कथाकार चालिसेले लेखेका छन्: ‘...लेखन साधना पनि हो, मात्र रातारात निर्मित चमत्कारी कायाकल्प गरेजस्तो होइन । त्यसैले यहाँ प्रस्तुत कथा कस्ता छन्, त्यसको सही मूल्याङ्कन पाठकबाट हुने विश्वास गरेको छु । ...’
कथाकार चालिसेको यस छानिएका कथाभित्र ४३ वटा कथा समेटिएका छन् ।

तन्नेरी प्रकाशनद्वारा प्रकाशित २७६ पृष्ठको यस कथाकृतिको मूल्य १०००/– रुपैयाँ राखिएको छ ।    

०००

अशेष मल्ल: अनुभूतिको विविध प्रवाहमा 
(आलेख सँगालो: सं. विश्वराज अधिकारी/ममता मृदुल) 
नेपाली नाट्य क्षेत्रका एक अभियन्ताका रूपमा स्थापित छन् कवि साहित्यकार तथा नाट्यसर्जक अशेष मल्ल । नेपालमा सडक नाटकलाई परिचित तथा स्थापित गराउने अशेष मल्लका बारेमा लेखिएका अनेक अनुभवहरूको सँगालो हो ‘अशेष मल्ल: अनुभूतिको विविध प्रवाहमा’ ।

यस पुस्तकको सम्पादकीयमा सम्पादक विश्वराज अधिकारीले लेखेका छन्: ‘अशेष मल्लका बारेमा विभिन्न व्यक्तिको धारणा भएको पुस्तक लेख्ने र सम्पादन गर्ने योजना बन्यो । नेपाली भाषा, साहित्य, कला, नाट्य क्षेत्रमा स्थापित व्यक्तिहरूको बारेमा हामीले जीवनकालमा नै सम्मान गर्नुपर्छ भन्ने हाम्रो विचार हो ।’

कृतिका अर्का सम्पादक ममता मृदुलले लेखेकी छन्: ‘एक वर्षअघि विश्वराज अधिकारीलाई लिएर म सर्वनाम पुगेकी थिएँ । त्यो दिन विश्वराज सरले मलाई अशेष मल्लका बारेमा लेख्नुस् भन्नु भएको थियो । ...’

यस पुस्तकभित्र अशेष मल्लको कृतित्व र व्यक्तित्वमाथि १७ जना लेखकहरूले आफ्नो अनुभूति प्रस्तुत गरेका छन् । जस्ले अशेष मल्लको जीवन, उनको साहित्यिक र नाट्य योगदानलाई प्रष्ट देखाएको छ ।

नारी स्रष्टा समाज, विराटनगरद्वारा प्रकाशित १०४ पृष्ठको यस पुस्तकको मूल्य ३५०/– रुपैयाँ राखिएको छ । 

०००

चयनिका
(लेखसंग्रह: डा. गौरीशंकर लाल दास)
चर्चित चिकित्सक हुन् डाक्टर गौरीशंकर लाल दास । विशेषगरी छाति रोग विशेषज्ञका रूपमा ख्याति कमाएका डा. लाल दास यतिखेर एक सय वर्षमा हिँडिरहेका छन् । र, उनको जन्म शताब्दि वर्ष मनाउने क्रम जारी छ ।

यसै क्रममा प्रकाशनमा आएका पुस्तक हो ‘चयनिका’ डा. गौरीशंकर लाल दास लेख रचनाहरूको संगालो । जसका सम्पादक हुन साहित्यकार रमेश जंग थापा ।

डा. लाल दास चिकित्सा पेसामा क्रियाशील रहे पनि प्रशासनिक सेवातिर पनि उनको सक्रियता उस्तै रह्यो । स्वास्थ्य मन्त्रालय, लोकसेवा आयोग, मानवअधिकार आयोगजस्ता विभिन्न संघ संस्थाहरूमा रहेर उनले सेवा गरिसकेका छन् ।

यस कृतिका सम्पादक रमेश जंग थापाले आफ्नो लेखनीमा भनेका छन् : ‘आफ्नो मूल्यवान समयलाई सिर्जनाको मालामा उनेर यहाँ एउटा गहकिलो पुस्तक ‘चयनिका’ लेख रचनाहरू तयार भएको छ । फरक फरक समयकालबाट जोगाएर राखेका भोगाइ, अनुभव एवं अनुभूतिहरूलाई निजात्मकताको सुन्दर प्रस्तुतिमा गुम्फित यस चयनिकाले नेपाली आख्यान फाँटमा नौलो इँटा थप्ने कुरामा म विश्वस्त छु ।’

डा. लाल दासद्वारा लेखिएका चार यात्रा वृत्तान्तका अतिरिक्त ५० भन्दा बढी आलेखहरू यसमा समेटिएको छ ।

दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष मूल समारोह समितिका लागि संयोजक शंकरप्रसाद कोइरालाद्वारा प्रकाशित २३६ पृष्ठको यस पुस्तकको मूल्य ३००/– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement