site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘विश्व–ज्योति काव्य सम्मान’को स्थापना 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बितेको २५ वर्षदेखि साहित्यका विविध क्षेत्रमा काम गर्दै आएको संस्था एपेक नेपालको हालै बसेको बैठकले संस्थाका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठकी धर्मपत्नी तथा एपेक नेपालकी संरक्षक ज्योति श्रेष्ठको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

सोही बैठकले शोकलाई शक्तिमा बदल्न एपेक नेपालका तर्फबाट ‘विश्व–ज्योति काव्य सम्मान’को स्थापना गरिएको जानकारी गराएको छ । एपेक नेपालद्वारा प्रेषित शोक वक्तव्यमा उल्लेख छ, ‘एपेक परिवारका तर्फबाट ‘विश्व–ज्योति काव्य सम्मान’को स्थापना गरेर हामी दिवंगत ज्योति श्रेष्ठप्रति असीम सम्मान प्रकट गर्दछौँ ।’

एपेकका संयोजक कवि राजेन्द्र शलभको अध्यक्षतामा बसेको संस्थाको बैठकले उक्त निर्णय गर्दै ज्योति श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्