site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पद्मजा शर्माका दुई लघुकथा  
Sarbottam CementSarbottam Cement

आमाका राजकुमार
जतिखेर म आफ्नो केशमा तेल लगाउन थाल्छु, मेरो ६ वर्षको छोरोले आफ्नो टाउको मेरा अगाडि बढाउँछ । कहिलेकाहीँ ऊ आफ्नो खुट्टा पनि अगाडि बढाउने गर्छ ।

म बुझ्दछु उसको भाव कि ऊ पनि तेल लगाउन खोज्दै छ ।

एक दिन उसकी दिदीले भनी, “तिमी दिनदिनै आफ्नो टाउको र खुट्टा आमाका अगाडि सार्छौ, के तिमी कतैको राजकुमार हौ र ?”

Prabhu Bank
Agni Group
NIC Asia

ऊ हाँस्यो र मेरा अगाडि फेरि शिर झुकाउँदै भन्यो, “म आफ्नी आमाको राजकुमार नै त हुँ !”

०००

Global Ime bank

नियन्त्रण  
“म पदोन्नति लिन्नँ ।”

“किन ?”

“म जसको अगाडि बस्न चाहन्छु, उनी मलाई सँगसँगै बसाउन चाहन्छन् ।”

“यो त सम्मान हो, तिम्रो कामले पहिचान पाइरहेको छ ।”

“होइन, यो आवाजलाई नियन्त्रण गर्ने षड्यन्त्र हो । तपाईंले ‘माथिल्ला’सँग बसेर ‘तल्ला’हरूको हकको कुरा गर्न सक्नु हुन्न ।”

“तलब दुई गुणा र इज्जत सय गुणा ! तिमी भावुक हुनुको साटो व्यावहारिक बन्दै आफ्नो निर्णयमा पुनर्विचार गर ।”

“गरिसकेँ । मेरा अगाडि दुईवटा विकल्प छन् । र, एउटा छान्ने समय आइसकेको छ । मान्दछु, कहिलेकाहीँ स्थिति विकट भइदिन्छ, जब तपाईंले एक वा अर्को पक्ष लिनुपर्ने हुन्छ । यता वा उता । निजी स्वार्थलाई त्याग गर । मेरो निर्णय अन्तिम हो । म पदोन्नति लिन्नँ ।”  
(हिन्दी समयबाट)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement