site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कमल पौडेलको गजल

नबोलाऊ न, त्यो मधुर आवाजको, आदत बन्ने डर लाग्छ
तिम्रो अनुपम प्रेमको, साधक बन्ने डर लाग्छ !

यो ब्रह्माण्डको सबैभन्दा सुन्दर सृष्टि तिम्रो मुस्कान,
त्यही मुस्कान नै, जीवनको बाधक बन्ने डर लाग्छ !

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तिम्रा हर चालहरूमा निश्छल उमंग समेटिएका छन्,
ती चालहरू नै, दिलमा सजावट बन्ने डर लाग्छ !

स्पर्शको झंकारले म टुक्राटुक्रा हुन्छु,
परै बस, हाम्रा मनहरूको मिलावट बन्ने डर लाग्छ !

ज्योतिपुञ्जझैँ नयनहरूमा उज्याला किरण सजाएर,
नहेर मलाई, त्यही दृष्टिले नै, हताहत बन्ने डर लाग्छ !

(अर्जुनधारा, झापा ।)
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्