site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीन छोटा कविता 

सुरेश राई


१. बिदाइ
स्वीच अफ गर्न खोज्दा   
मोबाइलले पनि त
एकफेर अनलक गरी माग्छ  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म निभ्नुअघि 
एक कसिलो अँगालो
एक अविस्मरणीय मुस्कान
एक भद्र शालीन चुम्बन 
दिएर मलाई 
अनलक गरेर पठाऊ ।

२. गल्ती
घुम समय उल्टो घुम
र लैजा मेरो विगतमा
मलाई यौटा कुरा गर्नु छ
 
ऊ राजी थिई यो अँगालोमा
मैले होस सम्हालेँ अन्तमा 
एक गल्ती त्यहाँ छुटेको छ
त्यो गल्ती पूरा गर्नु छ
त्यो गल्ती पूरा गर्नु छ 
घुम समय उल्टो घुम ।

३. बैगुनीको गीत 
दश वर्ष काम गरेर जानेहरूको
दुर्गुण गाउँछ मालिक 
काम गरेको दश दिन हुनेहरूको
गुणगान गाउँछ मालिक 

जानेहरूको कुरा काट्नु 
आउनेहरूको तारिफ गर्नु 
सायद 
उनीहरूको फेवरेट गीत हो !
 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्