site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतको आर्थिक सहयोगमा दार्चुलामा बन्यो विद्यालय भवन, अर्को पनि बनाउँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको व्याँस गाउँपालिका–६ मा रहेको हिमालय माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।

भारत सरकारको दुई करोड ८२ लाख रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण हुँदै छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा दुईतले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माण गरिने भारतीय दूतावासले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

India-Help--(3)-1713544109.jpeg
 

त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत तीन करोड ३७ लाख रुपैयाँ निर्माण गरिएको दुहुँ गाउँपालिकास्थित जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ । दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय दूतावासका द्वितीय सचिव सोनाले संयुक्तरूपमा भवनको उद्घाटन गरेका हुन् ।

Global Ime bank

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

India-Help--(2)-1713544109.jpeg
 

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् । जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement