site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानले भन्यो– इजरायलले आक्रमण गरेको होइन, ड्रोनमात्रै उडाएको हो

तेहरान । इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेको बताए पनि इरान स्वयंले भने यस खालको हमला नभएको जनाएको छ ।

इरानका उच्च अधिकारीहरूले हमला नभएको जनाएका हुन् । इरानी स्पेस एजेन्सीका प्रवक्ता हुसेन दारियलले लेखेका छन्, “इसफहान वा देशका कुनै पनि भागमा विदेशबाट हवाई हमला भएको छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भनेका छन् “इजरायलले ड्रोन उडानको नाकाम र अपमानजनक काम गरेको छ । ती ड्रोन झारिएको छ ।” इरानका सरकारी मिडियाले इसफहानमा रहेको परमाणु ठेगानाको भिडियो जारी गर्दै सो स्थान पुरै सुरक्षित भएको समेत जनाएको छ । इरानले हवाई उडानमा लगाइएको प्रतिबन्ध पनि अहिले हटाइसकिएको जनाएको छ ।

इजरायलले इरानमाथि आक्रमण गरेको कुरा अमेरिकी अधिकारीको हवाला दिँदै सार्वजनिक गरिएपछि विश्व बजारमा तेल र सुनको मूल्य बढ्नुका साथै सेयर बजारमा गिरावट समेत आएको थियो । बीबीसी

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्