site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केजरीवाललाई जेलमा मार्ने षड्यन्त्र भइरहेको आरोप
फाइल तस्बिर : एएनआई ।

नयाँ दिल्ली । नयाँ दिल्लीकी मन्त्री आतिशीले नयाँ दिल्लीका तत्कालीन मुख्यमन्त्री अरबिन्द केजरीवाललाई जेलमा मार्ने षड्यन्त्र भइरहेको आरोप लगाएकी छन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी उनले सो आरोप लगाएकी हुन् ।

दिल्लीको एक्साइज पोलिसी केसको सिलसिलामा प्रवर्तन निर्देशनालयले मुख्यमन्त्री केजरीवाललाई गिरफ्तार गरेकामा अहिले उनी तिहाड जेलमा न्यायिक हिरासतमा रहेका छन् ।

केजरीवाल सरकारका क्याबिनेट मन्त्री आतिशीले जेल प्रशासनमाथि सो आरोप लगाएकी हुन् । उनको पत्रकार सम्मेलनअघि बिहीबार नै प्रवर्तन निर्देशनालयले अदालतमा दिएको बयानमा केजरीवाल टाइप टु डायबिटिजको बिरामी हुँदा हुँदै पनि जेलमा दैनिक मिठाई र आँपजस्ता ज्यादा सुगर हुने खाद्यान्न खाइरहेको जनाएको थियो । जमानतका लागि मेडिकल ग्राउन्ड मिलोस् भनेर उनले यसो गरिरहेको भन्ने सो बयानमा उल्लेख थियो ।

यसबारेमा विशेष न्यायाधीशले केजरीवालको डाइट चार्टसम्बन्धी पूरै मामिलाबारेको रिपोर्ट दिन जेल प्रशासनलाई निर्देशन दिएको छ ।

आतिशीले भने पत्रकार सम्मेलनमा केजरीवाललाई घरबाट ल्याएको खाना खान नदिइएको र उनको स्वास्थ्य निरन्तर बिग्रिरहेको जनाएकी थिइन् । केजरीवालले जेल प्रशासनसँग इन्सुलिन लिनका लागि माग गरिरहेको तर जेल प्रशासनले नदिएको आरोप लगाएकी छन् ।

केजरीवाललाई मार्नका लागि षड्यन्त्र भइरहेको उनको आरोप छ । उनलाई चिकित्सकसँग परामर्श गर्न पनि नदिइएको आतिशीको दाबी छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro