site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आइएमई बैंकको नाफा २४ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा घटेको हो ।

बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले चार अर्ब ३५ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विवरणअनुसार चैत मसान्तसम्म बैंकले १३ अर्ब दुई करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले खराब कर्जा बढ्दा नाफामा त्यसको प्रत्यक्ष असर देखिएको छ । चैत मसान्तसम्म बैंकको खराब कर्जा ४.७४ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा ३.९६ प्रतिशत थियो ।

बैंकले चैत मसान्तसम्म तीन खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ । चार खर्ब ५९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकले चैत मसान्तसम्म चार अर्ब ७१ करोड ४३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro