site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

स्रोतका अनुसार उनको शपथ आजै बेलुकी ७ बजे गर्ने तयारी छ । सोडारीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका थिए । त्यहाँ एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित छ । अध्यक्ष रञ्जीता श्रेष्ठ सोडारीको पक्षमा छिन् भने संरक्षक रेशम चौधरी पक्षका सांसद सत्ता गठबन्धनको पक्षमा छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चौधरी पक्षका पाँच सांसदले सोडारीलाई आफूहरूको समर्थन नरहेको जानकारी प्रदेश प्रमुखलाई गराएका थिए । “नागरिक उन्मुक्ति पार्टीमा संसदीय दलको नेताको विवाद छ । प्रदेश प्रमुखले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ,” प्रदेश प्रमुख कार्यालय स्रोतले भन्यो, “शपथ आजै बेलुका ७ बजे गर्ने तयारी छ ।” 

५३ सदस्यीय प्रदेशसभामा हाल ५२ सदस्य छन् । बहुमतका लागि २७ सांसदको आवश्यकता पर्छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC