site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘हिजो पनि केही थिएन, आज झन् खराब भयो’ भन्ने भाष्य निर्माण भइरहेको छ : गगन थापा
फाइल तस्बिर ।
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाज निराशा बाड्ने काम अत्याधिक बढेकोमा चिन्ता प्रकट गरेका छन् । बुधबार शताब्दी पुरुष गणेशबहादुर बस्नेत अभिनन्दन कार्यक्रममा बोल्दै उनले ‘हिजो पनि केही थिएन, आज झन् खराब भयो’ भन्ने भाष्य निर्माण गर्ने काम पछिल्लो समय भइरहेको बताए । 

“नयाँ पुस्तामा हाम्रो नेपाली समाजमा केही पनि भएको छैन, कसैले पनि राम्रो गरेको छैन । हिजो पनि भुत्ते थियौँ अहिले पनि भुत्तै छौँ, झन् भुत्ते बन्दै गएका छौँ । हिजो पनि खराब थियौँ अहिले पनि खराबै छौँ झन् खराब बन्दै गएका छौँ भन्ने खालको भाष्य पछिल्लो समय बनेको छ,” उनले भने । 

नेपालीहरू अवसर खोज्दै विदेश जाने कुरा धेरै डरलाग्दो नभए पनि नेपालको जमिन तथा यहाँको अस्तित्व र पहिचानसँग मानिसहरू विस्तारै भाग्न थालेको आभास आफूलाई हुन थालेको पनि उनले बताए । उनले सिंगो समाजलाई हामीसँग केही थिएन केही छैन भन्न थाल्नुभन्दा आशा जगाउने काम गर्नु अहिलेको आवश्यकता भएको पनि उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu